काठमाण्डौ ।
नेकपाका महासचिव विष्णु पौडेलले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी ठहर भए जुनसुकै सजाय भोग्न तयार भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि धारणा राख्ने क्रममा महासचिव पौडेलले ललिता निवासको जग्गा प्रकरणबारे गम्भीर छानबिन गर्न सरकारलाई आग्रह गर्दै त्यसक्रममा आफू दोषी ठहर भए सजाय भोग्न तयार रहेको बताउनुभएको हो ।
ललिता निवास परिसरको जग्गा प्रकरणमा आफूलगायत पुर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा माधवकुमार नेपाल, डाक्टर बाबुराम भट्टराईलगायत विभिन्न व्यक्तिहरुको नाम जोडिएका समाचारहरु प्रकाशित भईरहेको सन्दर्भ उल्लेख गर्दै उहाँले गैरकानूनी तरिकाले दर्ता गरिएका सरकारी स्वामित्वका जग्गा फर्काउन सरकारले चालेको कदमको आफूले स्वागत गर्ने बताउनुभयो ।
यसअघि पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि ललिता निवास परिसरको जग्गा प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गर्दै दोषी ठहर भए आफू सजाय भोग्न तयार भएको अभिव्यक्ति दिनुभएको थियो ।
२३ बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया