११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

विराटनगरलाई पूर्ण राजधानीको माग गर्दै प्रदर्शन, स्थानियद्धारा मोटरसाइकल तोडफोड



मोरङ ।
प्रदेश एकको राजधानी बिराटनगरलाई पूर्ण राजधानी तोकिनुपर्ने मागसहित बिराटनगरबासीले प्रदर्शनी गरेका छन्।सोमबार बिहानैबाट बन्दका क्रममा यातायात, शैक्षिक संस्था, उद्योग कलकारखाना ठप्प रहेको छ।
यसैक्रममा विराटनगर महानगरपालिका(३ कन्चनबारी चौकमा मुख्यमन्त्री कार्यालयको बा २ ब ३५७४ नम्बरको मोटरसाइकल तोडफोड गरिएको छ।
कन्चनबारी चौकबाट विराटनगरको रोडशेषस्थित कार्यालयतर्फ जादैं गरेको मोटरसाइकल आन्दोलनकारीले रोकेर तोडफोड गरेका हुन्।
प्रहरीले मोटरसाइकलमा को सवार थिए भन्ने खुलाएको छैन। मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले तोडफोडको प्रयास गरिएपछि मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए।
राजधानीका लागि प्रदेशसभा सचिवालयमा आइतबार बिराटनगरसहित धनकुटाको नाम प्रस्ताव दर्ता भएपछि बिराटनगरबासी आन्दोलनमा उत्रिएका हुन्।
सत्तारुढ दल नेकपाले कार्यपालिका, ब्यवस्थापिका लगायतका अन्य संरचनाहरु बृहत विराट क्षेत्र अन्तर्गत बिराटनगर, इटहरी, र सुन्दरहरैंचा क्षेत्र आसपासमा रहने गरी प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित संघीय समाजवादी फोरम नेपाल, राजपा लगायतका दलहरु संयुक्त रुपमा सडक आन्दोलनमा उत्रिएका छन्।

प्रकाशित मिति : २३ बैशाख २०७६ सोमबार ००:००  ४ : ०४ बजे