काठमाडौँ ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएको छ । फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले सोमबार पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
एकतापछि पार्टीको नाम ’समाजवादी पार्टी नेपाल’ राखिएको छ । प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित घोषणासभामा भट्टराई र यादवले नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
नवगठित पार्टी प्रत्यक्ष निर्वा्चित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने भएको छ।संविधान संशोधन मार्फत ११ प्रदेशमा राज्य पुर्नसंरचना गरेर पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने सहमति छ।
२३ बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया