विराटनर ।
प्रदेश एकको राजधानी विराटनगरसँगै बृहत विराट विकास क्षेत्रभित्रका केही संरचनामा प्रशासनिक केन्द्र राखिने प्रस्ताव नेकपाले प्रदेशसभामा दर्ता गरेसँगै बिराटनगरबासी आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनका क्रममा विराटनगर महानगरपालिका क्षेत्रमा बजार, उद्योग, शिक्षण संस्था, यातायात बन्द भएको छ । विराटनगरलाई एकीकृत रुपमा राजधानी बनाउनुपर्ने मागसहित शान्तिपूर्ण दबाव समिति गठन गरिएको छ ।
भेषप्रसाद धमला संयोजक रहेको समितिमा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, उद्योगी व्यवसायी, यातायात व्यवसायी, नागरिक समाज, विराटनगर महानगरपालिका, एन प्याब्सन, प्याब्सन लगायतका पदाधिकारी सदस्य रहेका छन्।
राजधानीका लागि सत्तारुढ दल नेकपाले छल गरेको आरोप नेपाली कांग्रेस मोरंगका सचिव एवं शान्तिपूर्ण दबाव समितिका सह संयोजक समेत रहेका नागेश कोइरालाले लगाए ।
प्रदेश सभामा २१ सिट रहेको नेपाली कांग्रेसका सांसदहरुलाई नेकपा सरकारले बृहत्त विराट विकास क्षेत्रले विकास निर्माणमा सघाउ पुराउने र राजधानीको विषयमा यसको सम्बन्ध नहुने बताएर विधेयक पास गराएको आरोप कोइरालाको रहेको छ।
२३ बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया