काठमाडौँ ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच आज (सोमबार) पार्टी एकताको घोषणा हुँदैछ । काठमाडौँमा विशेष समारोहको आयोजना गरेर पार्टी एकताको घोषणा हुन लागेको हो ।
एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने छ । दुई पार्टी एक भएपछि संघीय संसदमा तेस्रो ठूलो दोस्रो दल हुनेछ । प्रतिनिधिसभामा फोरमको १६ सिट छ भने नयाँ शक्तिबाट संयोजक बाबुराम भट्टराई मात्र सांसद छन्।
त्यस्तै १७ सिटसहित मधेस केन्द्रित राजपा नेपाल पनि तेस्रो ठूलो दलका रुपमा रहेको छ ।
२३ बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया