११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

रुसी विमानमा दन्कियो आगो, ४१ मानिस जले



एजेन्सी ।
एक रुसी विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ । मस्को विमानस्थलमा आकस्मिक अतवरण गर्ने क्रममा सुखोई सुपरजेट-१०० विमानमा आगलागी भएको हो ।
रुसको सरकारी मिडियाका अनुसार मस्कोबाट मारमास्क जादैँ गरेको उक्त विमानमा चालक दलका ५ सदस्यसहित ७८ जना सवार थिए । तीमध्ये ४१ जनाको मृत्यु भएको हो। ३७ जनालाई भने जीवितै उद्धार गरिएको छ ।
रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमान एयरपोर्टमा फर्कनुपरेको र अवतरणका क्रममा विमानको इञ्जिनमा आगो लागेको थियो । दुर्घटना आइतबार भएको हो ।
सामाजिक सञ्जालमा आइरहेका भिडियो हेर्ने हो भने यात्रुहरुलाई विमानको आपतकालीन ढोकाबाट निकालिँदै थियो ।
भिडियोमा, अवतरण गर्ने क्रममा विमानबाट कालो धुवाँ आइरहेको देख्न सकिन्छ। यस्तै अर्को भिडियोमा विमान अवतरण गर्ने क्रममा उफ्रिएको देख्न सकिन्छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पीडित परिवारप्रति समावेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७६ सोमबार ००:००  ९ : ४२ बजे