नयाँ दिल्ली ।
भारतको लोकसभा निर्वाचन अन्तर्गत आज पाँचौं चरणको मतदान कार्य शुरु भएको छ । आज सात राज्यमा मतदान हुँदैछ । त्यसमा बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू —काश्मीर, राजस्थान र मध्य प्रदेश रहेका छन् ।
यो चरणमा कांग्रेसका अध्यक्ष राहुल गान्धी, उनकी आमा सोनिया गान्धी, गृहमन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, राज्यबद्र्धन सिंह राठौर तथा महबुबा मुफती जस्ता नेताहरुको भाग्य फैसला हुँदैछ । आज हुन लागेको ५१ सिटको मतदानका लागि ६७४ उम्मेदवार मैदानमा उत्रिएका छन् । यो चरणको निर्वाचन पूरा भएपछि लोकसभाका ४२५ सिटका लागि मतदानको कार्य पूरा हुनेछ ।
पाचौं चरणमा करिब ८दशमलब ७५ करोड मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नेछन् । जसमा ४दशमलब ६३ करोड पुरुष मतदाता र ४दशमलब १२ करोड महिला मतदाता रहेका छन् । भारतमा सात चरणमा निर्वाचन हुँदैछ । अन्तिम चरणको निर्वाचन मे १९मा हुनेछ भने २३ तारेखमा परिणाम आउने पूर्वघोषित कार्यक्रम रहेको बीबीसीले जनाएको छ ।-
२३ बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया