११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

जिल्लाका तीन गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू



दाङ ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम दाङका तीन गाउँपालिकामा लागू गरिएको छ । कार्यक्रम सर्वसाधारण नागरिकको जीवनस्तर सुधार्ने माध्यम बन्ने प्रदेश सरकारको अपेक्षा छ ।

विकास र सामाजिक दृष्टिकोणले पछाडि पर्दै आएका दुर्गम बस्तीका बासिन्दाको जीवनस्तर सुधार्ने उद्धेश्यका साथ कार्यक्रम लागू भएको सरोकारवालाहरूले बताएका छन् ।

कार्यक्रम लागू भएपछि विकट बस्तीका सर्वसाधारण नागरिक खुसी भएको सरोकारवालाहरूले दाबी गरेका छन् ।

प्रदेश नं. ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम दाडको बबई, राजपुर र बंगलाचुली गाउँपालिकामा लागू गरिएको छ । यी गाउँपालिकाले योजना छनोट गरेर स्थानीयको जीवन सुधार्ने अभियानको थालनी गर्ने उद्धेश्यले कार्यक्रम लागू गरिएको दाबी गरेका छन् ।

तीन वटै गाउँपालिकाहरूले कार्यक्रमका लागि छनोटमा परेका योजनाहरू सञ्चालन गरिरहेको जिल्ला कार्यक्रम सहजकर्ता श्रीधरकुमार राजभण्डारीले बताउनुभयो ।

राजभण्डारीका अनुसार कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले प्रत्येक गाउँपालिकालाई यो वर्ष  ४५ लाख ९० हजारका दरले बजेट वितरण गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६ सोमबार ००:००  ७ : ५८ बजे