११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

दलित र गैरदलित समुदाय एकै थलोमा



रुपन्देही ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा दलित र गैरदलित समुदाय एकै थलोमा उपस्थित भएर जातीय छुवाछुत अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन । गत बैशाख ५ गते शुद्धोधन ४ फर्साटिकरका रामबहादुर विश्वकर्माको छोरी आरतीको विवाहमा केहि कथित गैरदलितहरुले भोजमा सहभागी नभएको घटना सार्वजनिक भएपछि मिलापत्र अनुसार सामूहिक कार्यक्रम गरिएको हो ।
शुद्धोधन गाउँपालिका र दलित वर्ग उत्थान गाउँ समन्वय समितिको आयोजनामा सामाजिक सदभाव तथा आपसी मेलमिलापका लागि सामूहिक भोज एंव अन्तरक्रिया तथा कानुनी सचेतना कार्यक्रम गरि कानुनी रुपमा अन्त्य भएको छुवाछुत व्यवहारमै अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा प्रदेश ५ का सभामुख पूर्ण बहादुर घर्तीले राजनितिक रुपमा जातीय भेदभाव विरुद्ध उपलब्धि हासिल गरिएपनि साँस्कृतिक रुपमा क्रान्ति हुन नसकेको बताउनुभयो । उहाले दलित समुदायमाथि शासक वर्गले ठूलो अन्याय गरेको बताउँदै यसका लागि जबरजस्त रुपमा समाज परिवर्तन गर्ने बेला आएको बताउनुभयो ।
प्रदेशसभाले कानुन निर्माण गरि छुवाछुत अन्त्य गर्न प्रतिबद्ध रहेको बताउँदै ब्राहमण सत्ता अन्त्य गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २३ बैशाख २०७६ सोमबार ००:००  ७ : ५१ बजे