मायादेवी अनलाइन, वाणगंगा ।
सोमबार नेपाल बन्दको हल्लाले सवारी साधन कम चलेका छन् । एकाएक नेपाल बन्दको हल्ला सामाजिक सञ्जालमा भैलिएको थियो । सामाजिक सञ्जालमा नेपाल कम्युनिष्ट पार्टीको नाममा नेपाल बन्दको जानकारी भाइरल भएको थियो । यसैको हल्लै हल्लाले नेपाल बन्दको चर्चा चुलिएको हो ।
पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आयोजना गर्दै आएको छ । सरकारले यस पार्टीका गतिविधिमा प्रतिबन्द्ध लगाएको छ । यसैको आक्रोस स्वरुद्ध नेकपाले देशभर बन्द हड्ताल जस्ता गतिविधि गर्दै आएको छ । तर, सोमबारको बन्द आफ्नो दलले आयोजना नगरेको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।
बन्दको हल्लाले कपिलवस्तुमा सवारी साधनको आवगमन कम देखिएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गमा बन्दको कारण सवारी साधन कम चलेका हुन् । जिल्लाका बजार, उद्योगधन्दा, कलकारखाना भने सञ्चालनमा आएका छन् ।
विहान एकदमै कम सञ्चालनमा आएका सवारी साधन विहान पौने ८ बजे देखि भने केही सञ्चालन हुन थालेका छन् । बन्द सामाजिक सञ्जालमा आएको हल्ला मात्रै भएको कारण बन्दको अवस्था हेरेर सवारी धनिले सवारी साधन सञ्चालन गरेका हुन् । बन्दको हल्ला मात्रै भएको कारण सवारी साधन निर्वाध रुपमा चलाउन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुरोध गरेको छ ।
२३ बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया