काठमाडौं ।
१२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार राति भएको खेलमा मुम्बई इन्डियन्सले शानदार जित हात पारेको छ । मुम्बईको घरेलु मैदानमा भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई मुम्बईले ९ विकेटले पराजित गरेको हो ।
कोलकत्ताले दिएको १ सय ३४ रनको लक्ष्य मुम्बईले १६ ओभर १ रनमा १ विकेट गुमाउँदै पूरा गरेको हो । मुम्बईका लागि रोहित शर्माले ५५, सूर्यकुमार यादवले ४६ र डि ककले ३० रन बनाएका थिए ।
टस हारेर ब्याटिङ गरेको कोलकत्ताले निर्धा्रित ओभरमा ७ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो ।
क्रिस लिनले ४१ र रोविन उथ्थपाले ४० रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । पछिल्ला क्रमका ब्याट्सम्यान नितिश रानाले १३ बलमा २६ रन बनाए ।
मुम्बईका लासिङ मालिङ्गाले सर्वा्धिक ३ विकेट लिए । हार्दिक पाण्डेया र जसप्रित बुम्राहाको नाममा समान २–२ विकेट रह्यो ।
२३ बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया