बुटवल ।
प्रदेश नम्वर ५ को प्रदेशसभाको तेस्रो अधिवेशन आइतबार मध्यराती १२ बजेबाट समाप्त हुँदै छ । प्रदेश सरकारको शिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले संसद सचिवालयलाई औपचारिक पत्र पठाएर मध्यरातबाट तेश्रो अधिवेशन समाप्त गर्ने निणर्य गरेको जानकारी प्रदेश सभालाई गराउनुभयो ।
आज बसेको प्रदेश सभाको बैठकमा सभामुख पुर्ण बहादुर घर्तिले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पढेर सुनाउनुभएको थियो । मंसिर २३ गतेदेखि सुरु भएको तेश्रो अधिवेशनसम्म आइपुग्दा प्रदेश सभाबाट ३८ वटा बिधेयक पारित भईसकेको सभामुख घर्तिले जानकारी दिनुभयो ।
यसअघि आजको बैठकमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारले चाहेअनुसारका कानुन बनाउन नपाएको बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले संघीय सरकारले साझा सूचीका कानुन नबनाउँदा प्रदेश सरकारले कानुन बनाउन नपाएको बताउनुभयो । उहाले प्रदेश सरकार संघीयता कार्यान्वयनका लागि प्रतिबद्ध रहेको भन्दै प्रदेशलाई स्थापित गर्ने गरी काम गरिरहेको बताउनुभयो ।
यो वर्ष आवधिक योजनाको वर्ष र कानुन निर्माणको वर्षका रुपमा लिएको प्रदेश सरकारले आगामी वर्षमा प्रदेश समृद्धिको आधार तयार गर्न प्रदेश सरकारले सबै पक्षसँग छलफल गरेर अघि बढिरहेको बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले वैशाख अन्तिममा प्रदेश विकास परिषद् मार्फत स्थानीय तहसँग समन्वय गरेर स्थानीय तहको बजेटलाई समेत प्रभावकारी बनाउनका लागि सुझाव दिने बताउनुभयो ।
२२ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया