एजेन्सी ।
१२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्षस्थानको चेन्नई सुपर किङ्सलाई किङ्स इलेभेन पञ्जाबले पराजित गरेको छ । आइतबार भएको खेलमा पञ्जाबले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो । यद्यपि पञ्जावले चेन्नईलाई हराएपनि जारी सिजनबाट प्ले अफ मै नपुगि बाहिरिएको हो । आइतबारको हारले चेन्नईलाई पनि केही धक्का लागेको छ । चेन्नईले दिएको १ सय ७१ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ४ विकेट गुमाएर पुरा र्गयो ।
पन्जाबका लागि केएल राहुलले ७१ रनको योगदान गरे भने क्रिस गेलले २८ तथा निकोलाश पुरानले ३६ रन बनाए । चेन्नईका लागि हर्वजन सिंहले ३ विकेट लिए भने रविन्द्र जडेजाले १ विकेट लिएका थिए ।
यसअघि सुरुमा ब्याटिङ गरेको चेन्नईले निर्धा्रित ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । चेन्नईका लागि फाफ डु प्लेसिसले ९६ रन बनाए पनि जित प्राप्त गर्न सकेनन् । उनले ५५ बलमा १० चौका र ४ छक्काको मदलते ९६ रन बनाएका थिए ।
सुरेश रैनाले ५३ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनी १० रन बनाएका थिए । पञ्जाबका लागि साम कुरानले ३ तथा मोहमद सामीले २ विकेट लिएका थिए ।
२२ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया