मायादेवी अनलाइन, कपिलवस्तु ।
भैरव एफसी नवलपरासीलाई पराजित गर्दै रुपन्देहीको झरना स्पोर्टस् कुञ्जलापुर कपिलवस्तुको बुद्धरंगशाला चारनम्बरमा जारी प्रथम मुक्ति, राजेन्द्र, राजेश, ओमप्रकाश स्मृति कप नकआउट फुटवलको फाइनलमा प्रवेश गरेको छ । आजको निकै प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा भैरव एफसीलाई एक शुन्यले पराजित गर्दै झरना फाइनलमा प्रवेश गरेको हो । झरनाको जितमा जर्सी नम्बर ८ का लक्ष्मण रुचालले खेलको ३७ औँ मिनेटमा गोल गर्न सफल भए ।
प्रतियोगितामा भैरव एफसी हावी देखिए पनि गोल गर्न भने सकेन । भैरवका उत्कृष्ट प्रहारहरु कुञ्जलापुरका गोल किपरले उत्कृष्ट बचाऊ गरेर टिमलाई जिताए । भैरवले पटकपटक पोष्टमा प्रहार गरे पनि कुनै बलले जाली चुम्न सकेन । पाएका सुन्दर अवसर पनि खेल फल्दा उपाधि उचाल्ने दाउमा रहेको भैरवकोे सपना सेमिफाइनलबाटै चकनाचुर भएको हो ।
प्रतियोगिताको दोश्रो सेमिफाइनल भोली हुने छ । सोमबार दिउसो ४ बजे सिद्धार्थ एफसी बाँसगढी र बाणगंगाा वेलफेयर बाणगंगाा भीँड्ने छन् । सिद्धार्थ र बाणगंगाको विजेताले झरनासंग उपाधिको लागि प्रतिस्पर्धा गर्ने आयोजक तरुण दलका क्षेत्र नम्बर १ का सभापति तिलक थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया