११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

नेपाल आयल निगमलाई विद्यार्थीहरुको एक हप्ते अल्टिमेटम



काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले विद्यार्थीहरुलाई सहुलियत दरका खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएका छन्।
अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले आइतबार विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने विगतमा पटक–पटक गरिएका सहमति कार्यान्वयन गर्न एक हप्ते अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई बुझाएका हुन।
विगतमा पटक–पटक गरिएका विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयनका लागि सरकारलाई एक हप्ते अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले जानकारी दिए।
उनले एक हप्ता भित्र पनि आफूहरुको सो माग पूरा नभए सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी पनि दिए।त्यसैगरी ध्यानाकर्षण पत्रमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि नहुने गरी भ्रष्टाचार नियन्त्रण गर्न पनि निगमको गम्भिर ध्यानाकर्षण गराइएको छ।
यता,नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेलले भने तत्काल विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउने अवस्था नरहेको बताए।

प्रकाशित मिति : २२ बैशाख २०७६ आइतबार ००:००  ४ : ४५ बजे