११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

अस्ट्रेलियन युवतीलाई बलात्कार गरेको आरोपमा एक नेपाली अमेरिकामा पक्राउ



सिड्नी ।
सन् २०१७ को जुन महिनामा सिड्नीको कार्लटनस्थित अपार्टमेन्ट युनिटमा एक २१ वर्षीया अस्ट्रेलियन महिलालाई बलात्कार गरेको आरोप लागेका ३५ वर्षीय एक नेपालीलाई अमेरिकाले अस्ट्रेलियालाई सुपुदर्गी गरेको छ ।
सिड्नीमा छुट्टी मनाउन आएका ती अभियुक्तले २१ वर्षीय महिलालाई यौन तथा शारीरिक शोषण गरेको आरोप लगाइएको थियो ।
आरोप लागेको केही समयमैँ उनले अस्ट्रेलिया छाडेका थिए ।अस्ट्रेलियाको प्रहरीले फेडेरल (संघीय) वारेन्ट जारी गरेपछि ती आरोपित नेपालीलाई गत जनवरीमा न्यूयोर्कमा त्यहाँको प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउपश्चात् उनलाई न्यूयोर्कबाट लस एन्जल्स लगियो जहाँबाट न्यूसाउथवेल्सका प्रहरीले गत बिहीबार हिरासतमा लिएका थिए ।
उनलाई शनिबार सिड्नी ल्याएर विना अनुमती यौन सम्पर्क गरेको तथा अभद्र कार्य गरेको आरोप लगाइएको छ ।
उनलाई आइतबार सिड्नीको पारामाटास्थित अदालतमा पेश गरिने न्यूसाउथवेल्स प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६ आइतबार ००:००  १ : ५३ बजे