११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

फानीका कारण उडिसामा १६ जनाको मृत्यु, १ करोड व्यक्ति प्रभावित



काठमाडौं ।
‘फानी’ नामक समुद्री आँधीका कारण भारतीय राज्य उडिसामा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
आँधीबाट १ करोड मानिस प्रभावित भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राज्यका १० हजार गाउँ र ५२ शहरी क्षेत्रमा फानीबाट प्रभावित भएका छन् ।
मृत्यु हुनेमध्ये सबैभन्दा धेरै उडिसाको मयूरभन्ज क्षेत्रका ४ छन् । यस्तै भुवनेश्वरमा ३ र जाजपुरमा ३ जनाको मृत्यु भएको जनाइएको छ ।
यस्तै क्योंझर, नयाँगढ र केन्दपाडा क्षेत्रमा गरी अन्य ६ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६ आइतबार ००:००  १२ : ०२ बजे