११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सरकार संसदप्रति जिम्मेवार भएनः महन्थ ठाकुर



काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डका सदस्य महन्थ ठाकुरले सरकार संसदप्रति जिम्मेवार नभएको बताएका छन् ।
तराईं–मधेसमा भएका विभिन्न आन्दोलनका घटनाबार छानबिन गर्न गठित गरिरिश चन्द्र लाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक नगरी सरकारले संसदीय मर्यदाको उल्लंघन गरेको पनि ठाकुरको आरोप थियो ।
आइतवार प्रतिनिधिसभा वैठकमा समय माग गरेर बोलेका ठाकुरले भने, ‘संसदले देशको मर्यादा राख्ने हो । त्यो आयोगको प्रतिवेदनमा सभामुखको निर्देशनानुसार अविलम्ब जनसमक्ष आउनु प¥यो,’ ठाकुले भने ।
राजपाले लाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग राख्दै सदन समेत अवरुद्ध पारेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७६ आइतबार ००:००  ११ : ५२ बजे