एजेन्सी ।
जर्मन बुन्डेशलिगामा शीर्ष स्थानको बार्यन म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा हनोवरलाई ३–१ गोल अन्तरले हराउँदै बार्यनले उपाधि होडमा आफुलाई बलियो बनाएको हो ।
हनोवरको घरेलु मैदानमा भएको खेलमा बार्यनलाई जित दिलाउन खेलको २७ औँ मिनेटमा रोवेर्टाे लेवान्डोस्कीले सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४० औँ मिनेटमा लियोन गोरेत्जकाले गोल गर्दै बार्यनको अग्रतालाई दोब्बर बनाएका थिए ।
पहिलो हाफमा बार्यनले २–० गोलको अग्रता बनाएको थियो । खेलको ५१ औँ मिनेटमा हनोवरका डि जिससले पेनाल्टीमा गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे । खेलको ८३ औँ मिनेटमा फ्याङक रिबेरीले गोल गर्दै बार्यनलाई महत्वपूणै तीन अंक दिलाए । शीर्ष स्थानको बार्यनलको ३२ खेलबाट ७४ अंक भएको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ७० अंक छ ।
प्रतिक्रिया