११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

आईपीएलबाट ‘आउट’ हुँदै बैंग्लोरको जित, हैदराबादको झिनो आशा कायमै



एजेन्सी ।
इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराईजर्स हैदरावादलाई हराउँदृ रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ ।
शनिबार राति भएको खेलमा १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको हैदरावादलाई बैंग्लोरले ४ विकेटले पराजित गरेको हो । बैंग्लोरले १९ ओभर २ बलमा ६ विकेट गमाउँदै लक्ष्य पूरा गरेको थियो ।
बैंग्लोरका लागि सिमरोन हिटमेयरले ७५ र गूक्रिट सिंहले ६४ रन बनाउँदा विराट कोहलीले १६ रन बनाएका थिए ।
हैदरावादका लागि खलील अहमदले सर्वा्धिक तीन विकेट लिए भने भूवनेश्वर कुमारले २ र रसिद खानले एक विकेट लिएका थिए ।
त्यसअघि टस जितेर बैङ्गलोरले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको हैदरावादले निर्धा्रित ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन जोडेको थियो ।
केन विलियम्सले विस्फोटक ब्याटिङ गर्दै हैदरावादको पाली उकासेका थिए । उनले ४३ बलमा ५ चौथा र ४ छक्काको मदतले ७० रन बनाएका थिए । मार्टिन गुप्टिलले ३० तथा विजय संकरले २७ रन बनाए । बैंगलोरका बासिङ्टोन सुन्दरले सर्वा्धिक ३ विकेट लिए ।
शनिबार रातीको खेल संगै बेंग्लोर आईपीएलबाट बाहिरिएको छ भने हैदराबादको प्ले अफमा पुग्ने झिनो आशा कायमै छ । अब हैदराबाद प्ले अफमा पुग्नका लागि आइतबार रातीको खेलमा मुम्बईले कोलकातालाई हराउनुपर्ने छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६ आइतबार ००:००  ८ : ४५ बजे