११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मेस्सीलाई प्रतिबन्ध लगाउन माग गर्दै हस्ताक्षर संकलन



एजेन्सी ।

च्याम्पियन्स लिग अन्तरगत आगामी बुधबार हुने लिभरपुल र बार्सिलोनाको खेलमा मेस्सीलाई प्रतिबन्ध लगाउन माग गर्दै हस्ताक्षर संकलन भइरहेको छ । गत बुधबार राति भएको खेलमा मेस्सीले फाविनो माथी मुक्का प्रहार गरेको लिभरपुलका समर्थकको आरोप छ । उनीहरुले मेस्सीले ट्रायाकलमा परेको नाटक गरेर फ्रिकिकको अवसर पाएको जिकिर गरेका छन् ।

यसै विषयलाई लिएर मेस्सीमाथि प्रतिबन्धको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेका छन्। अहिलेसम्म १० हजार हस्ताक्षर संकलन भएको टल्क स्पोट्स न्युजले जनाएको छ । त्यो फ्रिकिकमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाएका थिए ।

पहिलो लेगमा लिभरपुलविरुद्ध मेस्सीले दुई तथा सुवारेजले एक गोल गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिगको फाइनल यात्रा सहज बनाएको छ । आउँदो बुधबार घरेलु मैदानमा कम ब्याक गर्नु पर्ने चुनौतीकाबीच लिभरपुलका समर्थकले अर्जेन्टाइन स्टारविरुद्ध अभियान चलाएका छन् ।

मेस्सी जारी सिजनको च्याम्पियन्स लिलको सर्वा्धिक गोल कर्ता पनि हुन् । उनले १२ गोल गरिसकेका छन्। उनीभन्दा ३ गोल कम गरेका आयक्सका डुसान टडिक दोश्रो स्थानमा छन् ।

आयक्स पनि टोटनह्यामविरुद्ध १–० को अग्रता लिँदै फाइनल यात्रामा बलियो अवस्थामा छ । पहिलो लेगको नतिजाले गत सिजनको फाइनलिस्ट लिभरपुलको अघिल्लो यात्रा भने निक्कै सकस बनेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६ शनिबार ००:००  १० : २३ बजे