मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल तरुण दल कपिलवस्तुको आयोजनामा वाणगंगाको बुद्धरंगशालामा जारी प्रथम मुक्ति, राजेन्द्र, राजेश, ओमप्रकाश स्मृति कप नकआउट फुटवलको सेमिफाइनल समिकरण पुरा भएको छ । शनिबार भएको खेलमा वाणगंगा वेलफेयर विजयी भए संगै खेलका अन्तिम चार टोलीको टुंगो लागेको हो ।
अब सेमिफाइनलमा भैरव एफसी नवलपरासी, झर्ना स्पोट्स कुञ्जलापुर रुपन्देही, सिद्धार्थ एफसी बाँसगढी रुपन्देही र वाणगंगा वेलफेयर कपिलवस्तु एक आपसमा भिड्नेछन् ।
आइतबार देखि सेमिफाइनका खेलहरु सुरु हुँदै छन् । आइतबारको पहिलो समिफाइनल खेलमा झर्ना स्पोस्ट्स कुञ्जलापुर र भैरव एफसी भिड्ने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो सेमिफाइनलमा वाणगंगा वेलफेयर कपिलवस्तु र सिद्धार्थ एफसी बासँगढी प्रतिस्पर्धा गर्नेछन् ।
अन्तिम चारका खेल निकै रोचक हुने आयोजकले जनाएको छ । आयोजक तरुण दलका क्षेत्रिय सभापति तिलक थापाले सेमिफाइनल र फाइनल खेलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको सहभागीता हुने भएकाले मैदानमा उपस्थित हुन सम्पूर्ण दर्शकलाई अनुरोध गर्नुभएको छ ।
गत बैशाख १८ गतेबाट सुरु भएको प्रतियोगीता २५ गते समापन हुनेछ । समापनमा नेपाल फुटवल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा आउनुहुने आयोजकले जनाएको छ । प्रतियोगीतामा विजयी हुने टिमले नगद रु. दुई लाख र दोस्रो हुनेले नगद एक लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । विधागत तर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि नगद र ट्रफिले सम्मान गर्ने कार्यक्रम रहेको तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले जानकारी दिनुभयो ।
२१ बैशाख २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया