मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बुद्धरंगशाला चारनम्बरमा जारी प्रथम मुक्ति, राजेन्द्र, राजेश, ओमप्रकाश स्मृति कप नकआउट फुटवलमा वाणगंगा वेलफेयर सोसाइटी सेमिफाइनलमा प्रवेश गरेको छ । आज अपराह्न भएको खेलमा नवलपरासीको नव युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै वाणगंगा सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेल सुरु भएको तेस्रो मिनेटबाटै जर्सी नं. ९ का सुरज हमालबाट अग्रता लिएको वाणगंगाले खेलमा इन्जुरीमा समयमा थप गोल गर्दै २–० ले नतिजा आफ्नो पक्षमा पारेको हो । थप भएको खेलको अन्तिम मिनेटमा जर्सी नं. ११ का विश्वास श्रेष्ठले गोल गर्दै टिमको जित सुनिश्चित गरे ।
शनिबारको खेलमा नव युवा क्लवले उत्कृष्ट खेल प्रर्दशन गरेपनि निरास हुन बाध्य भयो । नव युवा क्लबले गोल गर्ने थुप्रै अवसर पाए पनि जाली चुमाउन नसक्दा गोल विहिन हुँदै घर फर्कन बाध्य भयो भने जित हासिल गरेको वाणगंगा सेमिफाइनल प्रवेश गर्न सफल भएको छ ।
शनिबारको खेलमा नवलपरासीका जर्सी नं. १५ का प्रशान्त कार्की म्यान अफ दी म्याच घोषित भए । उनलाई नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तेज बहादुर बस्नेतले ट्रफि प्रदान गर्नुभएको थियो ।
यस्तै प्रतियोगीतामा सहभागी भएर आयोजकको गरिमा बढाएको भन्दै पराजित नवलपरासीका टिम म्यानेजरलाई कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले नगद प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया