बुटवल ।
नेकपाका महासचिव बिष्णु पौडेलसंग गत प्रतिनिधिसभाको निर्वाचनका निकतम प्रतिद्धन्दी युवराज गिरीले पौडेललाई नैतिकताका आधारमा पार्टी महासचिव पदबाट राजिनामा दिन र मतदातासंग माफि माग्न सुझाव दिनु भएको छ ।
पौडेल निर्वाचन रुपन्देहीको क्षेत्र नम्वर २ अन्र्तगत नेपाली कांग्रेसबाट गत निर्वाचनमा प्रतिष्पर्धा गरेका प्रदेश सभाका उम्मेद्धारहरु महेशमान सिंहर र काजीमान श्रेष्ठ, बुटवल उपमहानगरपालिमा नगरप्रमुखका उम्मेद्धार खेलराज पाण्डे, सैनामैना नगरपालिकामा नगर प्रमुखका उम्मेद्धार फणिन्द्र शर्मा र तिलोत्तमा नगरपालिकामा नगर प्रमुखका उम्मेद्धार रामकृष्ण खाणलाई साथमा राखि आज बिहान बुटवलमा पत्रकार सम्मेलन गरी गिरीले पौडेललाई अझैपनि राजनीतिक नैतिकता भए राजिनामा दिन सुझाव दिनु भएको हो ।
पौडेलका कारण रुपन्देही क्षेत्र नम्बर २ को मतदाता र बासिन्दा हुँ भन्न समेत लज्जाबोध भइरहेको भन्दै गिरीले बालुवाटार जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्नुको साटो सरकारले पौडेललाई उन्मुक्ति दिन लागि परेको बताउनु भयो । सुकुम्बासी र भूमिहीनहरुलाई लालपुर्जा दिन्छु भनेर चुनाव जितेका पौडेल आफै सरकारी जग्गा हडप्न तल्लीन रहँदा रुपन्देही क्षेत्र नम्बर २ का जनताको शिर निहुरिएको उहाले बताउनु भयो ।
काग्रेस महासमिति सदस्य समेत रहनु भएका गिरीले बालुवाटार जग्गा प्रकरणमा आफनै पार्टी सभापति शेरबहादुर देउवा नै दोषी देखिए पनि कारबाही हुनुपर्ने भन्दै देउवालाई देखाएर पौडेललाई उन्मुक्ति दिन भने कांग्रेसले नदिने बताउनुभयो ।
२१ बैशाख २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया