काठमाडौं ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापीटल्सले आज (शनिबार) राजस्थान रोयल्ससँग खेल्दैछ । इन्डियन प्रिमियर लिग (आईपीएल) को राउण्ड रोविन लिगको अन्तिम खेल राजस्थानसँग आफ्नै घरेलु मैदानमा खेल्दैछ । १३ खेलमा १६ अंक जोडेको दिल्ली ६ वर्षपछि पहिलो पटक प्लेअफमा पुगिसकेको छ भने राजस्थान लिगको छैठौं स्थानमा छ ।
आईपीएलमा घरेलु मैदानमा भएका ६९ खेलमा दिल्लीले ३० खेलमा जीत निकाल्न सफल भएको इएसपीएनक्रिक इनफोले उल्लेख गरेको छ । आजको खेलमा पनि दिल्ली राजस्थानमाथि जित निकाल्दै लिगको शीर्ष स्थानमा पुग्ने लक्ष्यससिहत मैदान उत्रिदैछ ।
११ अंकरहेको राजस्थानको भने प्लेअफ सम्भावना निकै कम छ । दिल्लसिँग जितेपनि १३ अंकमात्रै हुने राजस्थान भन्दा अगाडि एक खेल बाँकी रहँदा १२—१२ अंकसहित हैदरवाद र कोलकाता चौथो र पाँचौ स्थानमा छन् ।
दिल्लकिा लागि महत्वपूर्ण खेलाडी तथा आईपीएलका सर्वा्धिक विकेट लिने खेलाडी कागिसो रबाडा टिममा नहुँदा भने केही हदसम्म दबाबमा रहनेछ । यस्तै, आर्यपीएलमा रन नियन्त्रण गर्न नसकेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आजको खेलमा टिममा स्थान पाउने सम्भावना कम छ ।
तरपनि अघिल्लो खेलमा सन्दीपको स्थानमा मैदान प्रवेश गरेका क्रिस मोरीस महँगा सावित भएका कारण सन्दीपले स्थान पाउने क्रिकेट विश्लेषकको आँकलन छ । मोरिसले एक विकेट लिँदै ४७ रन खर्चिएका थिए । त्यसोत, सन्दीपले यो सिजनको आईपीएलमा खेलेका ८ खेलबाट ८ विकेट लिएका छन् ।
२१ बैशाख २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया