११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

रुपन्देहीमा बंशजको नागरिकता लिनेहरूको भीड



रुपन्देही ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पछिल्लो दस दिनमा जन्मको आधारमा नागरिकता लिएका बुवाआमाका सात सय २४ जना सन्तानले वंशजको आधारमा नागरिकता लिएका छन् । गृह मन्त्रालयको परिपत्रलाई सर्वोच्च अदालतको अन्तरिम आदेशले सदर गरेपछि जन्मसिद्धको आधारमा नागरिकता लिएका सन्तानले वंशजको आधारमा नागरिकता लिन थालेका हुन् ।
सोही अनुरूप वैशाख ८ गतेदेखि १८ गतेसम्म जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ७ सय २४ वटा नागरिकता वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालयसँगै त्यस मातहत रहेका ईलाका प्रहरी कार्यालय बुटवल र मझगावाङबाट नागरिकता वितरण भइरहेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानामगरले जिल्ला प्रशासन कार्यालयबाट पछिल्लो दस दिनमा जन्मको आधारमा नागरिकता लिएका बुवाआमाका ६ सय १७ जना सन्तानले वंशजको आधारमा नागरिकता लिएको जानकारी दिनुभयो ।
त्यस्तै, ईलाका प्रहरी कार्यालय बुटवलबाट ५५ र मझगावाङबाट ५२ वटा यस्ता नागरिकता वितरण गरिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६ शनिबार ००:००  ९ : १२ बजे