पाल्पा ।
निःशुल्क दुर्घटना बिमा कार्यक्रमले श्रमिक मजदूरमा खुशीयाली छाएको छ । रामपुर क्षेत्रमा काम गर्दै आइरहेका मजदूरलाई दृष्टिगत गर्दै पूर्वी पाल्पा मजदूर व्यवस्थापन समितिले निःशुल्क दुर्घटना बिमा कार्यक्रम ल्याएकाले यहाँका मजदूर उत्साहित भएका हुन् ।
मजदूरको हकहित तथा मजदूरी पेशालाई सम्मान दिन, उनीहरुमाथि भविष्यमा आइपर्ने घटनालाई दृष्टिगत गर्दै निःशुल्क दुर्घटना बिमागराउन थालिएको समितिका अध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताउनुभयो । एक वर्षअघिदेखि समितिले पोटेन्सियल कम्पनीमार्फत रू दुई लाख बराबरको सो कार्यक्रम शुरु गरेकामा हालसम्म ६३० ले बिमा गरिसकेका छन् ।
रामपुर क्षेत्रमा काम गर्दै आइरहेका एक हजार ५० मजदूर छन् । ती मजदूरलाई एकीकृत रुपमा व्यवस्थापन गरी तिनको हकहितका निम्ति काम गरिरहेको समितिका सदस्य हरि पोखरेलले बताउनुभयो । ज्यालामा ठगिँदै आएका मजदूरको गुनासालाई समितिले काम अनुसारको ज्याला उपलब्ध गराउने कार्यमा पनि ठूलो भूमिका निर्वाह गरेकोे छ ।
उक्त समितिमा आवद्ध मजदूरले अहिले काम अनुसारको समान ज्याला बुझिरहेका छन् । विगतमा एकै काम तर ज्यालामा विभेद हुने गरेकामा अहिले समितिले नियम बनाएपछि काम अनुसारको ज्याला बुझ्न पाइएको मजदूर सुमन खाम्चा मगर बताउनुहुन्छ ।
२१ बैशाख २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया