मायादेवी अनलाइन, वाणगंगा ।
स्थायी राजधानीका लागि कपिलवस्तुको वाणगंगा नगरपालिकामा प्रशस्त जग्गा रहेको सरोकारवालाले बताएका छन् । कपिलवस्तु स्थायी राजधानी बनाऔं अभियानले वाणगंगा नगरपालिकामा शुक्रबार गरेको सर्वपक्षीय छलफल कार्यक्रममा सहभागीले जग्गा व्यवस्थापनको विषयलाई पहिला टुग्याउने पर्नेमा जोड दिएका हुन् । राजधानीका लागि नगरपालिका भित्र प्रशस्त जग्गा रहेपनि यकिन हुन नसकेको अवस्थामा सवैभन्दा पहिला जग्गा एकिन गर्नुपर्नेमा जोड दिइएको हो ।
पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले कपिलवस्तु प्रदेश राजधानीका लागि उपर्युक्त भएको बताउदै जग्गा व्यवस्थापनमा सवैले ध्यान दिनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । प्रदेश राजधानीको विषय सामान्य विषय नभएको भन्दै यसलाई टुंगोमा पु¥याउन राजनीतिक सहमती हुनुपर्नेमा उहाँले आवश्यकता औल्याउनुभयो ।
प्रदेश राजधानीका लागि कम्तीमा पनि ५ हजार विगाह जग्गा व्यवस्थापन गर्न नगरपालिकाले तुरुन्त यसको अध्ययन शुरु गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेता उपाध्यायले राजधानीको विषय तत्कालका लागि नभएर दीर्घकालिन फाइदा हुने गरी सोच्नुपर्ने भन्दै नगरपालिकाले ५ हजार विगाह जग्गा व्यवस्थापनका लागि पहल गर्नुपर्ने बताउनुभयो । जग्गाको लागि वाणगंगा नदी तटीय क्षेत्रको जग्गालाई व्यस्थापन गर्न सकिने आधार रहेको बताउदै त्यसका लागि तटबन्द निर्माण गर्नुपर्ने नेता उपाध्यायले बताउनुभयो ।
वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु र उपमेयर चक्र अर्यालले यो अभियान महत्वपूर्ण भएको भन्दै नगरपालिकाले तत्काल जग्गा व्यवस्थापनका लागि अध्ययन शुरु गर्ने बताउनुभयो । अव बस्ने नगरको कार्यपालिकाको वैठकमा यसै विषयलाई मुख्य एजेण्डा बनाउने र सवै वडाअध्यक्षलाई सम्भावित ठाँउका बारेमा रिपोर्ट प्रस्तुत गर्न उहाँले आग्रह गर्नुभयो । नगरपालिकाले प्रस्तावको रुपमा आएका जग्गाको क्षेत्रमा प्राविधिक टोली सहित नापजाँचको काम अघी बढाइने नगर प्रमुख थारुले बताउनुभयो ।
प्रदेश राजधानीको विषयमा जिल्लामा कुनै पनि विवाद गर्न नहुने भन्दै जहाँ भएपनि आफुलाई स्वीकार्य भएको बताउनुभयो । छलफलमा सहभागीले वाणगंगा नगरपालिकाको हकमा वडा नम्बर १, २, ४, ८ लगायतका वडामा जग्गा व्यवस्थान गर्न सकिने बताएका छन् ।
यसै गरी वाणगंगा नदी उकास क्षेत्र, शिवमन्दिर सामुदायिक बन, लक्ष्मणघाट, रामदत्तिवन लगायतका क्षेत्र पनि जग्गाको लागि सम्भावित भएको बताइएको थियो । कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रवक्ता विष्णु प्रसाद पौडेल, वडा अध्यक्षहरुले अभियानलाई सफल बनाउन सघाउने बताएका थिए ।
राजधानी बनाऔं अभियानका संयोजक पोमनारायण पौडेल, अभियानका सह संयोजक विष्णु न्यौपाने, उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल लगाएतले आफुहरुले शुरु गरेको अभियानलाई निष्कर्षमा पु¥याउनको निम्ति राजनितिक दल, साँसद तथा शिर्ष नेताहरुलाई पहल गर्नुपर्ने बताएका छन् । यस विषयमा कुनै राजनीतिक आग्रह र पुर्वाग्रहमा नराखी सवै राजनीतिक दल एक हुनुपर्नेमा समेत जोड दिइएको थियो ।
२१ बैशाख २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया