काठमाडौं ।
काठमाण्डौ उपत्यकासहित मध्य क्षेत्रमा अहिले घाम लागेको छ । पूर्व र पश्चिमको मौसम भने सामान्यता बदली भई केही ठाउँमा पानी परिरहेको छ । हिजो बदली गराएको चक्रवात फणी र पश्चिमी न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएकाले उपत्यकामा घाम लागेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार पूर्वमा असर पारेको चक्रवात फणी कमजोर हुँदै गएकाले आज बेलुकीपछि पूर्वको मौसम पनि खुल्दै जानेछ ।
तर फणीकै प्रभावले दिउँसो पूर्वमा मेघगर्जन र हुरीबताससहित केही ठाउँमा पानी पर्ने सम्भावना छ । यस्तै पश्चिमी वायुको प्रभावले पश्चिमको मौसम एकैछिन खुल्दै बदली हुनेछ । प्रिमनसुन भएकाले हुरीबतास र चट्याङ परे पनि हिजोअस्तिको जस्तो तीव्र गतिको हुरीबतास र चट्याङ भने नपर्ने उहाँको अनुमान छ ।
हिजोअस्तिको बादल बाँकी रहेकाले बेलुका तिर काठमाण्डौ उपत्यकाको थोरै ठाउँमा पानी पर्न सक्ने मौसमविद् बासीको भनाइ छ ।
२१ बैशाख २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया