मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बुद्ध रंगशालामा सञ्चालन भैरहेको प्रथम मुक्ति, राजेन्द्र, राजेश, ओमप्रकाश स्मृति कप नकआउट फुटवल प्रतियोगितामा शुक्रबार झरना स्पोटर्स कुन्जलापुर रुपन्देही विजयी भएको छ ।
बुद्धरंगशालामा भएको खेलमा कुन्जलापुरले बुटवलको फूलबारी गाइजलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । झरनाको जीतमा जर्सी नम्बर ११ का सुरज आलेले ह्याट्रिक गर्न सफल भएका छन् ।
खेल शुरु भएको २ मिनट मै टिमका लागि पहिलो गोल गरेका उनले १३ औं र दोश्रो हाफको ३० औं मिनेटमो गोल गर्दै प्रतियोगितामा पहिलो ह्याट्रिक गर्ने खेलाडी बनेका छन् । त्यस्तै झरनाकै जर्सी नम्बर ७ का निसान सुनारले दोश्रो हाफको चौथो र जर्सी नम्बर २२ का अमोस पुनले दोश्रो हाफको २० औं मिनेटमा गोल गर्दै टिमलाई ५–२ को जित दिलाए ।
फुलबारीको तर्फबाट जर्सी नम्बर ३ का क्षितिज राज जिसिले व्यक्तिगत २ गोल गरेपनि टिमलाई जित दिलाउन सकेनन् । खेलको अन्तिम समय तनावपूर्ण देखिएको थियो । जसमा फूलबारीका जर्सी नम्बर १० का शरद क्षेत्रीले रातो काड खादै मैदानबाट बाहिरिए पछि फूलबारी १० खेलाडीमा सिमित भएको थियो । त्यसको फाईदा उठाउदै झरनाले एक गोल गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
शुक्रबारको खेलमा ह्याट्रिक गर्न सफल झरनाका सुरज आले म्यान अफ दी म्याच घोषित भए । उनलाई तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले ट्रफी प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा शनिबार स्थानीय क्लव वाणगंगा सोसाइटी जीतपुरले नवलपरासी बर्दघाटको नव युवा क्लवसंग प्रतिस्पर्धा गर्नेछ । तरुण दल क्षेत्र नम्बर १ कपिलवस्तुले वैशाख १८ गतेदेखि बुद्ध रंगशालामा जिल्लाकै ठुलो धनराशीको खेल आयोजना गरेको हो । शनिबारको खेल दिउसो ४ बजे हुनेछ ।
प्रतिक्रिया