गुल्मी ।
गुल्मीमा लडेर एक जनाको मुत्यु भएको छ। मुत्यु हुनेमा गुल्मी दरवार गाउँपालिका ४ बिरबासका ४४ वर्षीय चेतराम चुडाली रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। उनी बिहीबारदेखि घरको सम्पर्कमा नभएको र स्थानीय थुम्काको भिरबाट लडेका उनको शव शुक्रबार दिउँसो २ बजेतिर फेला परेको प्रहरीले जनाएको छ। मदिरा सेवनका कारण लडेको हुन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीले अनुमान गरेको छ।
२० बैशाख २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया