एजेन्सी ।
इन्डियन प्रिमियर लिग आईपीएलमा नेपाली बलर सन्दीप लामिछाने रहेको टिम दिल्लीलाई प्रतियोगिताको अन्त्यतिर झट्का लागेको छ । उसका मुख्य बलर कागिसो रबाडा चोटका कारण सिजनका बाँकी खेल खेल्न नपाउने भएका छन् ।लिगको प्लेअफमा पुगिसकेको दिल्लीका तीव्र गतिका बलर रबाडालाई विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकी क्रिकेट बोर्डले मे ३० भन्दा अगाडि स्वदेश फर्किन निर्देशन पनि दिएको छ । तर आइपीएलमा चेन्नईविरुद्धको खेलका क्रममा उनले आफूलाई असहज महसुस भइरहेको बताएका थिए । उनको कम्मरमा समस्या भएको हुनसक्ने भन्दै परीक्षण गरिएको थियो । उनलाई आरामको आवश्यकता भएकाले दिल्लीले नै रबाडालाई स्वदेश फर्कन आग्रह गरेको छ ।
आइपीएलमा सफल बलर रबाडाले दिल्लीको अन्तिम खेल खेल्नेछैनन् भने त्यसपछि प्लेअफका खेलहरुपनि गुमाउने भएका छन् । रबाडाले १२ खेलमा २५ विकेट लिएका थिए । रबाडाको फिटनेसमा समस्या आएपछि दक्षिण अफ्रिकालाई पनि तनाव भएको छ । किनकि विश्वकपमा रहेका टिममा डेल स्टेन, लुंगी एंगिडी, एनरीच नोर्जी सबै चोटग्रस्त रहेका छन् ।
प्रतिक्रिया