रुकुम ।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारी रुकुम पश्चिमका उपाध्यक्ष प्रेमप्रशान्त बोहरा पक्राउ गरेका छन्। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका सिम्रतुको एक होटलबाट उनलाई बिहीबार पक्राउ गरिएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार प्रतिबन्धित नेकपा पार्टीको गतिविधिमा संलग्न भएसँगै चन्दाआतंक गरेको विषयमा उनलाई पक्राउ गरिएको हो। बोहरालाई सार्वजनिक अपराध कसुरमा मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
केही समयअघि मात्र विद्यार्थी नेता हरि पुनसहित दुईजना पक्राउ परेका थिए। उनीहरूलाई केहि समय हिरासतमा राखेर अनुसन्धान गरिए पनि हाल छोडिसकिएको प्रहरीले बताएको छ।
२० बैशाख २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया