१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुमा क्रियाशिल पत्रकार महिलाको पहिलो ‘पर्यावरण’ अन्तरक्रिया



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुमा क्रियाशिल पत्रकार महिला समुहले जिल्लामै पहिलोपटक पर्यावरण सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वन र वातावरणलाई जोगाउने उदेश्यले पहिलो पटक आयोजना भएको कार्यक्रममा बोल्ने वक्ताहरुले वन र वातावरण संरक्षणमा जोड दिएका छन् । पछिल्लो समय मुलुक विकासको गतिमा अगाडी बढ्दै जाँदा वन र बातावरणको विनास भएको हुनाले यसमा निकै सचेतता अपनाउनु पर्ने बताएका हुन् ।

क्रियासिल पत्रकार महिलाले प्रेस स्वतन्त्रा दिवसको पूर्व सन्ध्यामा आयोजना गरेको पर्यावरण संरक्षण र विकासका लागि मिडियाको भूमिका विषयक अन्तरकृयामा बोल्ने सहभागिले यस्तो बताएका हुन् ।

शिवराज नगरपालिको चन्द्रौटामा भएको कार्यक्रमा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भूषालले अबको पत्रकारिता पर्यावरण संरक्षणमा केन्द्रित हुनुपर्ने बताउनुभयो । अध्यक्ष भुषालले क्रियाशिल पत्रकार महिलाले आयोजना गरेको कार्यक्रम प्रसंनिय भएको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै डिभजन बन कार्यलय कपिलवस्तु गौतमबुद्धका प्रमुख दुर्गा कार्कीले मिडियाले पर्यावरण संरक्षणका लागि जनतालाई सुसुचितगर्नुपर्ने बताउनुभयो । परिवर्तन आफैबाट सम्भव हुने भन्दै आफैबाट परिवर्तन गर्नुपर्नेमा जोड दिनभयोे । वनजंगलको संरक्षणमात्रै पर्यावरण संरक्षण नभएको भन्दै घरवरिपरिको वातावरणपनि स्वच्छ र हराबरा बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शशस्त्र प्रहरीबल प्रदेश ५ बाहिनी एसएसपि भगवान मल्ल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डे, पत्रकार महासंघका सचिव हरि अधिकारी, पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य निशा विश्वकर्मा, कपिलवस्तु साझेदारी वन ब्यवस्थापन समितीका अध्यक्ष गंगेश तिवारी, नेकपा शिवराज नगर कमिटी सचिव जगत पौडेल, नेपाली कांग्रेसका प्रतिनिधी केशव पाण्डे, शिवराज नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राम बहादुर चौधरी लगाएतले बोल्दै वनजंगल तथा पर्यावरण संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममो सहजीकरण गर्दे कपिलवस्तु साझेदारी वन ब्यवस्थापन समितीका अध्यक्ष गंगेश तिवारीले पर्यावरण संरक्षणका लागि आयोजना गरिने यस प्रकारका कार्यक्रमलाई प्रभाकारी बनाउनुपर्ने बताउनुभयो । उहाले पर्यावरण संरक्षण केहो, यो भएन भने के कस्ता सम्स्याहरु निम्तन्छन् र यसको संरक्षणका लागि चाल्नुपर्ने कदमका बारेमा सहजीकरण गर्नुभएको थियो ।

क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) ले जिल्लामै पहिलोपटक पर्यावरण संरक्षणकालागि अन्तरकृया गरेको हो । कार्यक्रम डब्लुडब्लुजेका उपाध्यक्ष गीता अर्यालको स्वागत मन्तब्य, अध्यक्ष गीता पौडेलको अध्यक्षता र सचिव दीपा महतको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १९ बैशाख २०७६ बिहिबार ००:००  ८ : १४ बजे