एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नई सुपर किंग्स विजयी भएको छ । घरेल मैदानमा भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गरेको हो ।
पहिले ब्याटिङ्ग गरेको चेन्नईले चार विकेटको क्षतिमा १७९ रन बनायो । उसका लागि सुरेश रैनाले ३७ बलमा ५९, कप्तान धोनीले २२ बलमा नटआउट ४४, फाप डू प्लेसिसले ४१ बलमा ३९ तथा रवीन्द्र जडेजाले १० बलमा २५ रनको योगदान दिए ।
१८० रनको लक्ष्य पछ्याएको दिल्लीले १६ ओभर दुई बलमा सबै विकेट गुमाएर मात्रै ९९ रन बनायो । उसका लागि कप्तान श्रेयश आय्यरले ३१ बलमा ४४ तथा शिखर धवनले १३ बलमा १९ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । चेन्नईका इमरान ताहिरले चार तथा रवीन्द्र जडेजाले तीन विकेट लिए ।
यो हार संगै शिर्ष स्थानको दिल्ली दोस्रो स्थानमा झरेको छ । दोस्रो स्थानमा रहेको चेन्नई पहिला स्थान सुरक्षित गरेको छ।
प्रतिक्रिया