११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सरकारको लक्ष्य गरिबी र बेरोजगारी हटाउनु होः नेता रायमाझी



अर्घाखाँची ।
देशको विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्नेमा पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले जोड दिनुभएको छ । देशलाई समृद्ध र विकसीत गर्नका लागि पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउँदै सरकारको मुख्य लक्ष्य गरिबी हटाउनु भएको बताउनुभयो ।
देशमा कोही पनि गरिब नहोस, सबैलाई रोजगार प्रदान गर्नुपर्ने मान्यताले प्रधानमन्त्री रोजगारी कार्यक्रम सरकारले अगाडी सारेको बताउनुभयो । उहाले अबको पत्रकारिता राष्ट्रिय एजेण्डामा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राखेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले पत्रकारिता व्यक्तिवादी नभएर समाज र राष्ट्रलाई सकारात्मक बाटोतर्फ उन्मुख गराउने खालको हुनुपर्ने बताउनुभयो ।
अहिले पत्रकारहरुमा सत्य र तथ्यभन्दा पनि व्यक्तिवादी सोच हावी भएको छ उहाले भन्नुभयो । यद्यपि नेपाली पत्रकारले लोकतन्त्र स्थापनाको खातिर खेलेको भूमिका कसैले पनि बिर्सन नहुने जिकिर गर्नुभयो ।
नेपाली जनतालाई अधिकार तथा स्वतन्त्र गराउने पक्षमा सरकार सधै प्रतिबद्ध रहेको बताउनुभयो । गरिबी हटाउने रहेको भन्दै पत्रकारले गरिबी र बेरोजगारको विरुद्धको पक्षमा आफ्नो कमल उठाउनुपर्ने आवश्यकता रहेको रायमाझीले बताउनुभयो ।
रायमाझीले नेपाली संस्कृति र संस्कारलाई नभुली देशको विकास र समृद्धिमा लाग्नुपर्ने औल्याउनुभयो । उहाले विश्व राजनितीलाई कटाक्ष गर्दै विश्व राजनीति अहिले निरुङ्कुशता तर्फ जान लागेको प्रति चिन्ता समेत व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १८ बैशाख २०७६ बुधबार ००:००  ८ : ३१ बजे