मायादेवी अनलाइन, बुद्धभूमि ।
सडक दुर्घटनालाई न्युनिकरण गर्ने उद्धेश्यले कपिलवस्तु ट्राफिक प्रहरीले पछिल्लो समय राजमार्गमा चल्ने यातायातका चालकको स्वास्थ्य अवस्था चेकजाँच गर्न थालेको छ ।
साताव्यापी ट्राफिक सप्ताह कार्यक्रम अनुसार प्रहरीले ठाउँको ठाउँ सुधार अभियान अनुसार राजमार्गमा चल्ने यातायातका चालकको स्वास्थ्य अवस्था चेकजाँच गरी सचेतना गराएको हो ।
चालकको स्वास्थ्य चेकजाँचका क्रममा कुनै गम्भीर प्रकृतिका विरामी देखिए चिकित्सकको सल्लाह बमोजिम उनीहरुलाइ यातायात साधन नचलाउन सुझाव समेत दिइएको जिल्ला टा्फिक प्रहरी कार्यालय गोरुसिँगेका प्रमुख प्रहरी निरिक्षक बावुराजा पन्तले जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीको तथ्याँक अनुसार चालु आर्थिक वर्षको १० महिनामा १ सय २० बटा सवारी दुर्घटना हुँदा कपिलवस्तुमा ९१ जनाको मृत्यु भएको छ भने १ सय ६० जना घाइते भएका छन् ।
दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले विगत ३ महिना देखी कपिलवस्तुको राजमार्ग क्षेत्रमा गुड्ने सवारी साधन र ट्रिप्परमा टाइमकाड समेत लागु गरेको छ ।
प्रतिक्रिया