काठमाडौं ।
एक दिन भ्रमण छोट्याएर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन्। सिचुवान एयरलाइन्सको विमानबाट बिहान १० राष्ट्रपति भण्डारी काठमाडौं ओर्लिएकी हुन्।
राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरुलयतको उपस्थिति रहेको थियो।
बैसाख ११ गते चीन प्रस्थान गरेकी भण्डारी बिहीबार मात्रै नेपाल फर्किने कार्यक्रम थियो। तर, स्वास्थ्यमा समस्या आएको भन्दै तालिकाभन्दा एक दिन अगावै उनी स्वदेश फर्किएकी हुन्।
चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण सम्पन्न गरी उनी आज ल्हासाबाट काठमाडौंतर्फ प्रस्थान गरेकी थिइन्। उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बतका कार्यकारी उपाध्यक्ष चियाङ जीले बिदाइ गरेका थिए।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसनुमा सहभागी भएकी थिइन्। उनले उक्त फोरमलाई सम्बोधन गरेकी थिइन्।
यसैगरी राष्ट्रपति भण्डारीलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार ुग्रेट हल अफ द पिपुलु परिसरमा स्वागत गरेका थिए। सोमबार ग्रेट हल अफ द पिपुलमा द्विपक्षीय बैठक सम्पन्न भएको थियो। सोपश्चात् दुवै राष्ट्रपतिको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न ७ सम्झौतामा हस्ताक्षर भएको थियो।
राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहेका थिए।
१८ बैशाख २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया