एजेन्सी ।
भेनेजुएलामा निकोलस मादुरोको सरकारविरुद्ध प्रदर्शन गर्ने प्रदर्शनकारीलाई सेनाको बख्तरबन्द गाडीले किचेको भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ ।
विपक्षी नेता हुआँ गुआइदोको आह्वानमा मंगलबार राजधानी कराकासमा रहेको सैनिक शिविर अगाडि प्रदर्शन गर्ने प्रदर्शनकारीलाई मादुरोप्रति वफादार फौजको बख्तरबन्द गाडीले किचेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सैनिक शिविर अगाडि प्रदर्शन गरिरहेका केही दर्जन प्रदर्शनकारीको भीडमा एक्कासी बख्तरबन्द गाडी जोताइएको थियो । त्यसपछि प्रदर्शनकारीमध्ये केहीले उक्त बख्तरबन्द गाडीमा मोलोतोभ कक्टेल ९पेट्रोल बम० प्रहार गरेका थिए । मोलोतोभ कक्टेल लागेपछि बख्तरबन्द गाडीको माथिल्लो भागमा आगो लागेको थियो ।
उक्त घटनामा भएको हताहतीबारे भने केही खुलाइएको छैन ।विपक्षी नेता हुआँ गुआइदोको आह्वानमा मंगलबार सैनिक विद्रोहसँगै जनप्रदर्शन भएको थियो । गुआइदोले बुधबारका लागि पनि व्यापक जनप्रदर्शनको आह्वान गरेका छन् ।
राष्ट्रपति मादुरोले भने गुआइदोको आह्वानमा भएको सैनिक विद्रोहलाई कूको संज्ञा दिँदै त्यस कू विफल भएको घोषणा गरेका छन् ।
प्रतिक्रिया