मायादेवी अनलाइन, अर्घाखाँची ।
सडक दुर्घटनामा परेर युवा संघ प्रदेश ५ का अध्यक्ष मनोहर बुढाथोकी सहित तीनजना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गको शितगंगा नगरपालिक–८ अर्घाखाँचीमा कार र ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।
बुढाथोकी सवार बा १९ च १३३ नम्बरको कारलाइ नारायणघाटबाट घोराही आउँदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा बुढाथोकीसहित नेकपा जिल्ला कार्यदल सदस्य शिबकुमार आचार्य, नेकपाका सदस्य लक्ष्मण कुमार शर्मा घाइते भएको अस्थायी प्रहरी पोष्ट सापमारा अर्घाखाँचीले जनाएको छ ।
१८ बैशाख २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया