मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बुद्ध रंगशालामा आज देखि प्रथम मुक्ति, राजेन्द्र, राजेश, ओम प्रकाश खुल्ला स्मृति नक आउट फुटवल प्रतियोगिता हुँदै छ । नेपाल तरुण दल क्षेत्र नम्बर १ को आयोजनामा हुन लागेको कार्यक्रम दिउसो ३ बजे सुरु हुने छ । आजको उद्घाटन खेलमा दिउसो ४ बजे चितवन र नवलपरासी भीँड्ने छन् । दुवै टोलीमा राष्ट्रिय खेलाडी छन् ।
जिल्लामा राष्ट्रिय खेलाडी सहित पहिला पटक हुन लागेको फुटवलमा कपिलवस्तु, रुपन्देही, नवलपरासी र चितवनका प्रतिष्ठित ८ क्लवहरुले प्रतिस्पर्धा गर्नेछन् । नेपाल तरुण दल क्षेत्र नम्बर १ का अध्यक्ष तिलक थापाले आज विहान रेडियो मायादेवीसंग कुरा गर्दै सफल बनाउन सबैलाई आग्रह गर्नुभएको छ ।
नेपाल तरुण दलका जुझारु नेताहरु स्वर्गिय राजेश सेन, राजेन्द्र पोख्रेल, ओम प्रकाश र मुक्तिले देखाएको बाटोमा लाग्न र उहाँहरुको योगदानलाई कदर गर्न कार्यक्रम आयोजना गरिएको क्षेत्र थापाले बताउनु भयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. २ लाखर द्धितीय हुने टिमले नगद रु १ लाखसहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्न सक्ने छन् । त्यस्तै विधागततर्फ उत्कृष्ट हुनेहरुलाई नगद रु. ५ हजार ट्रफी र प्रमाण पत्र र प्रत्येक दिन उत्कृष्ट खेल देखाउनेलाई ट्रफीले सम्मान गरिने थापाले जानकारी दिनुभयो । लाइसेन्स प्राप्त राष्ट्रिय रेफ्रहिरुले खेल खेलाउनु हुने छ । प्रतियोगिता सम्पन्न गर्नको लागि १२ लाख रुपैयाँ लाग्ने छ ।
१८ बैशाख २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया