१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

कपिलवस्तुमा हत्याका घटनामा बृद्धि, आफन्तबाटै असुरक्षित बन्दै महिला



दीपा महत, जीतपुर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका– ८ बालापुरमा शनिवार मध्यरातमा २१ बर्षीया सुनिता थारुको ढुंगाले टाउकोमा थिचेर हत्या गरिएको गरियो । हत्याको अरोपमा प्रहरीले सुनिताका श्रीमान सुरेश र उनका साथी नबिन थारुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । सुनिता र सुरेशको एक बर्ष अघि मात्र बिवाह भएको थियो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका– ४ झुंगाकी २८ बर्षे अनिता पौडेलको ११ बर्ष अघि बुद्धुभूमि नगरपालिकाको बसन्तपुरका बावुराम पौडेल (विष्णु) संग बिवाह भयो । बिवाह भएको ५ बर्ष पछि उनले कान्छी श्रीमती बिवाह गरे । त्यस पछि अनिता र बावुराम बिच सम्बन्ध बिच्छेद अंश लगायतका बिषयमा झै झगडा बढ्यो ।
अनिता श्रीमानले झुंगामा बनाएको घर मै बसेर आफ्नो गुजार चलाएकी थिईन । बावुराम आफ्नी कान्छी श्रीमती संग भारतको पंजाब स्थित हरियाणामा काम गर्ने गरेका थिए । श्रीमान श्रीमती बिच संपत्तिको बिवाद नमिले पछि बावुरामले आफ्नो भिनाजु श्रीहरि गौतमलाई प्रयोग गरे । गौतमले चिनजान भएका गुनाखर अधिकारीलाई ७ लाख र ठेक्का पट्टा सहीत मासिक २५ हजार दिने डिल गरी हत्याको योजना रचे । उनै अधिकारी र एक जनन नाम नखुलेका ब्यक्ति मिलेर गत फागुन ११ गते धारियो रड प्रयोग गरी हत्या गरे । हत्याको अभियोगमा श्रीमान बाबुराम सहीत ३ जना पक्राउ परे ।
गत कार्तिक ११ गते आफ्नै श्रीमान बसन्त परियारले श्रीमती सुमित्रालाई बन्चरो प्रहार गरी हत्या गरे । पक्राउ परेका बसन्त पुर्पक्षका लागि थुनामा छन । लामो सयम देखि श्रीमान श्रीमती बीच बिवाद र झैझडा हुने गरेको थियो । हत्याका दिन परियारले मादक पदार्थ सेवन गरेका थिए ।
गत पुस ३ गते कपिलवस्तु नगरपालिका– ३ औरहियामा श्रीमान रफिक मुसलमानले श्रीमती तसलीन निसालाई घाटामा डोरी कसेर झुण्डाएर मारे । पक्राउ परेका रफिक पुर्पक्षका लागि थुनामा गएका छन । रफिक र उनकी श्रीमती बीच लामो सयम देखि झैझडा मनमुटाव चल्दै आएको थियो । मृतक तसलीनलाई श्रीमान सहीत घरका अरुले समेत मिलेर कुटपीट गर्ने गरेको छिमेकीहरु बताउँछन । घटनामा पक्राउ परेका अब्दुल बाहिद मुसलमान र सब्बीर मुसलमान तारेखमा छुटेका छन । गत ६ महिना भित्र भएको यी तीन हत्याको घटनामा प्रत्यक्ष श्रीमानको संलग्नता रहको प्रहरीले जनाएको छ ।
पछिल्लो ६ महिनामा भएका यी ३ घटनाले श्रीमानबाटै श्रीमतीहरु असुरक्षित भएको महिला अधिकारकर्मी माधुरी श्रेष्ठले बताईन । उनले हत्या जस्तो जघन्य अपराधमा श्रीमान नै प्रत्यक्ष संलग्न हुनु दुखत कुरा भएको बताईन । ‘यी घटनाले हाम्रो समाज गलत बाटो हिडेको भान भएको देखिन्छ’ उनले भने । बिभिन्न कारणले श्रीमान श्रीमती बीच भैm झगडा हुनु त सामान्य जस्तै बनेको उनले बताए । तर श्रीमानले नै श्रीमतीको हत्या गर्नुले नै समाजमा जघन्य अपराध समेत बढेको उनले बताईन ।
उता जिल्लामा कपिलवस्तुमा जघन्य अपराधका घटनामा बृद्धि भएको छ । हत्या, जबरजस्तीकरणी, घटनामा बृद्धि भएको हो । पछिल्लो ७ महिनामा जिल्लामा ७ जनाको हत्या भएको प्रहरीले जनाएको छ । २ वटा घटना गोली हानेर गरिएको हो । अन्य ४ घटनामा पारिवारिक, संपत्ति र रिइसिबिको कारण रहेको प्रहरीको भनाई छ । दुई घटनाका अभियुक्त अझै फरार छन ।
हत्याका घटना मध्ये ३ वटामा त आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेको पाईएको छ । हत्याका घटनामा फरार रहेकाको अनुसन्धान र आरोपीहरुको खोजी गरिरहेको प्रहरी उपरिक्षक अच्युतम पुडासनैनीले बताए । गोली हानी हत्या गरिएको घटनामा हतियार प्रयोग भएको प्रहरीको अनुसन्धानले खुलेको छ ।
हत्यामा साना हतियार प्रयोग हुनु र श्रीमतीहरु आफ्नै श्रीमानबाट असुरक्षित हुने बिषय प्रति प्रहरी उपरिक्षक पुडासैनीले चिन्ता ब्यक्त गरे । सीमा पारी साना हतियार सहज रुपमा उपलब्ध हुने र खुला सीमाको फाईदा उठाउदै साना हतियारहरु भित्रिने गरकोले अपराधिहरुलाई घटना गराउन समेत सहज हुने उनले बताए ।
गत मंसिर ८ गते साँझ शुद्धोधन गाउँपालिका वडा नं. ४ मोतिभारीका दीपेन्द्र कुमार चौधरीको हत्या गरियो । प्रदेश सदस्यका प्रत्यासी समेत रहको राजाबाबु नामले चिनिने चौधरीको हत्यामा आधा दर्जन बिरुद्ध किटानी छ । हत्याका मुख्य अभियुक्त अजित कुमार पाण्डेय अझै फरार छन । घटनामा अमित कुमार पाण्डेय र रामकृष्ण पाण्डेय मात्र पक्राउ परे । दुबै पुर्पक्षका लागि थुनामा गएका छन ।
गत चैत्र १७ गते कृष्णनगर नगरपालिका वडा नं. १० विद्यानगरका पारस पुरीको गोली हानी हत्या भयो । म्यानपावर व्यवसायी समेत रहेका उनी माथि रातको नौं बजे गोली प्रहार भएको थियो । मोटरसाईकलमा आएका २ जनाले उनी माथी गोली प्रहार गरी भागेका थिए । सो घटनामा समेत प्रहरीले अझै सम्म अनुसन्धान गरेको मात्र जनाएको छ ।
यस्तै गत चैत १२ गते शिवराज नगरपालिका– ६ पिपरीमा त्रिबेणी यादवको हत्या गरिएको थियो । उनको हत्याको कारण र हत्यारा अझै पत्ता लागेका छैन । जिल्लामा खुल्ला सिमानाका कारण अपराधिक गतिविधि बढेको प्रहरीको दाबी छ । हत्या घटाए पश्चात अभियुक्तहरु भारत जाँदा अनुसन्धानमा समस्या हुने गरेको प्रहरी बताउँछ ।
‘बढ्दो बेरोजगार, गरिबी र आर्थिक प्रलोभनमा परी अपराधिक काम गर्नेहरुमा बृद्धि हुन थालेको छ, प्रहरी उपरिक्षक पुडासैनीले भने, ‘यसमा समाजको सचेतना जरुरी छ’ प्रहरीलाई विना अवरोध काम गर्न दिए जुनसुकै घटनाका अभियुक्तहरु पनि प्रकाउ गर्न सकिन्छ उनले भने ।

प्रकाशित मिति : १८ बैशाख २०७६ बुधबार ००:००  ७ : ५९ बजे