१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

तीन वर्षदेखि प्रयोगविहीन आइसियु



दाङ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आइसियु, एनआइसियु मेसिन ल्याइएको तीन वर्षमा पनि सञ्चालनमा आएको छैन । दक्ष जनशक्ति अभावका कारण सेवा सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले बताउनुभयो ।
‘सेवा सुरु गर्नु ठूलो कुरा होइन, निरन्तरता दिनु ठूलो कुरो हो,’ उहाले भन्नुभयोे, ‘न्यून जनशक्तिको भरमा आइसियु, एनआइसियु सेवा सुरु गर्न सकिँदैन ।’ उक्त सेवा सुरु गर्न पेराइटिकको डाक्टरसँगै केही यनेस्थेटिक डाक्टर, आठ जना नर्स र चार जना कार्यालय सहयोगी चाहिने भन्दै त्यसका लागि जनशक्तिको व्यस्थापन भएमा मात्रै सेवा सुरु गर्न सकिने अस्पतालले जनाएको छ ।
उहाले उक्त सेवा सञ्चालनका लागि पटक–पटक स्थानीय तह, प्रदेश तथा केन्द्रीय सरकारमा पहल गर्दा पनि सुनुवाइ नभएको समेत बताउनुभयो । कर्मचारी समायोजनपछि मात्रै सेवा सुरु गर्ने आश्वासन आएको डा. शर्माले बताउनुभयो ।

प्रकाशित मिति : १८ बैशाख २०७६ बुधबार ००:००  ७ : ५५ बजे