१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

आगलागी नियन्त्रणमा लाखौं खर्च, उपलब्धी शुन्य



दाङ ।

वन क्षेत्रमा हुने आगलागीका घटना हुन नदिन दाङमा लाखौं रुपैयाँ खर्च हुँदै आए पनि आगलागीका घटना भने रोकिएको छैन ।

गर्मी मौसमसँगै हावाहुरीका बेला लाग्ने आगोले बर्षेनी सयौँ हेक्टर वन क्षेत्र सखाप हुँदै आएको छ । यस वर्ष पनि अहिले जिल्लाका एक दर्जन बढी वन क्षेत्रमा आगलागी भैरहेको छ । दाङ जिल्लाका बस्तीहरुसँगै वन क्षेत्र पनि आगलागीका उच्च जोखिममा छन् ।

वन जंगल र जीवजन्तुको नाशसँगै गाउँहरु नै जोखिममा पार्ने आगो लगाउनेको पहिचान भने अहिलेसम्म कसैले गर्न सकेका छैनन् ।

वन डिभिजन र सामुदायिक वन उपभोक्ता महासंघले पनि आगो लगाउनेलाई पक्राउ गर्न नसक्दा बर्षेनी आगलागीको जोखिम बढ्दै गएको छ । आगो लगाउनमा संलग्नको पहिचान भए वन ऐन २०४९ ले क्षतिको विगो भराउने, एक बर्ष कैद र १० हजार जरीवाना र दुबै हुन सक्ने व्यवस्था गरेको छ । आगलागीलाई वन अपराधका रुपमा कानुनमा उल्लेख छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६ बुधबार ००:००  ७ : ५३ बजे