१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बुटवलमा एकीकृत शहरी गुरुयोजना लागू गर्छुः मेयर सुवेदी



बुटवल ।
बुटवल उपमहानगरपालिकाले एकीकृत शहरी गुरुयोजना निर्माणपछि थालिएका कामको प्रभाबकारिता बढ्दै गएको दावी गरेको छ । नगरले भौतिक विकास र मानवीय विकास एकैपटक हुनुपर्ने मान्यता बोकेर गुरुयोजना बनाएर काम गरिरहेको नगर प्रमुख शिबराज सुबेदीको भनाइ छ ।
बुटवलको भबिष्य सुन्दर रहेको भन्दै बुटवल-भैरहवा-लुम्बिनी मेघा सिटीका रुपमा विकास गरिने उहाले बताउनुभयो । बुटवलमा आयोजिक साक्षात्कार कार्यक्रममा बोल्दै मेयर सुबेदीले १ वर्ष १० महिनाको अवधिमा धेरै कामहरु सही बाटोमा आएको दावी गर्दै तत्काल रिजल्ट नदेखिएपनि भबिष्यमा अहिले गरेका कामका प्रगति र उपलब्धी देखिने बताउनुभयो ।
उहाले विकासको आधारको पहिचान गरिएको भन्दै पर्यटन, कृषि, उद्योग र ब्यापारलाई नै मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो ।
स्रोतको पहिचान,सम्पदाको विकास सम्बद्धनमा लागेको भन्दै उहाले पहिले लाख आम्दानी नहुने मणिमुकुन्द सेन उद्यानबाट फूलबारीबाट अहिले साढे ३ करोड भन्दा बढी आम्दानी हुन थालेको बताउनुभयो ।
अन्र्तराष्ट्रिय बिमानस्थल, बुटवल बेलहिया सिक्स लेन, बुटवलको सम्मेलन केन्द्र ,डेढ अरबको प्रदर्शनी स्थल, तिनाउ दानव तटबन्ध भूमिहीन अब्यबस्थित बसोबासीको ब्यस्था, बुटवलका बाइपास सडकहरु अहिलेका उपलब्धी भएको सुबेदीको भनाइ छ ।
बुटवलको पार्किङ समस्या ३ बर्ष्भित्र सकिने भन्दै उहाले पार्किङ भवन बनाउन लागेको समेत बताउनुभयो । सडक निर्माणमा अक्सवाल प्रबिधिको प्रयोग गरिएको उहाको भनाइ छ ।
उहाले केही चुनौती रहेको भन्दै पूर्वाधारमा धेरै खर्च, बहुवर्षीय योजना बनाउनुपर्ने लगायतको अप्ठ्यारा भएको सुनाउनुभयो । आब ०७६/०७७ का लागि १ अर्ब ८४ करोडको बजेट सिलिङ तयार पारिएको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ बैशाख २०७६ बुधबार ००:००  ७ : ५१ बजे