९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

युवतीको मृत्युपछि कैलालीको लम्कीबजार तनावग्रस्त, झडपमा ७ प्रहरी घाइते



काठमाडौँ ।
कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ । राजमार्ग बन्द गरेर प्रदर्शनमा उत्रेका मृतकका आफन्त र प्रहरीबीच झडप हुँदा सात प्रहरी र एक शिक्षक घाइते भएका छन् । घाइतेको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।
लम्कीचुहा नगरपालिका ३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा १९ वर्षकी सुनीता रावलको ज्यान गएको थियो ।
घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाले प्रदर्शन थालेका हुन् । उनीहरुले उचित क्षतिपूर्ती र दोषीलाई कारबाहीको माग राखेर पूर्वपश्चिम राजमार्गमा सवारीका साधन चल्न दिएका छैनन् ।
राजमार्ग खुलाउन गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेर घाइते बनाएका कैलालीका एसपी आभूषण तिमिल्सेनाले जानकारी दिए । अहिले पनि लम्कीबजार तनावग्रस्त छ । मृतकको शव आफन्तले उठाउन दिएका छैनन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६ मंगलबार ००:००  १२ : ३६ बजे