बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको ठाडा अमराईबाट जलुके तर्फ जादै गरेको जिप जुकेना ६ फुर्सामाटा देउरालीमा सोमबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ठाडाबाट जलुके हुँदै प्युठानको कोल्बोट जादै गरेको ग १ ज ४८७६ नम्बरको जिप दुर्घटना हुँदा कपिलवस्तु शिबराज ५ चन्द्रौटाका १८ बर्षीय सिता उपाध्यायको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाईते भएकी उपाध्यायको उपचारको लागि बुटवल तर्फ लैजादै गर्दा बाटो मै मृत्यु भएको हो ।
जिपमा जम्मा १० जना सवार भएपनि कोहि पनि घाईते नभएको बताईको छ । उपाध्यायले टाउको बाहिर निकालेका कारण च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी पाउना साथ ठाडा ईलाका प्रहरी कार्यालयबाट गएको प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।
जिपको उकालो सडकमा एक्कासी ब्रेक फेल भएर अनियन्त्रित भई सडकमा पल्टिएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
१६ बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया