९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वडा अध्यक्ष अर्याल भन्छन्, ‘विकासका लागि जनताको लगानी जरुरी छ’



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले जनताको लगानी विनाको विकास दीर्घकालिन नहुने बताउनुभएको छ । जनताको आर्थिक, भौतिक र नैतिक समर्थनको विकासले मात्र सार्थकता पाउने भन्दै यसमा वडाबासीले बढी चासो दिनुपर्नेमा जोड दिनुभयो । वडामा समिति स्रोत साधन आउने भन्दै जनताको लगानी विकासको प्रक्रियामा जोडिदा मात्र सार्थकता पाउने बताउनुभयो ।
मायादेवी मिडिया ग्रुप प्रा.लि.को प्राविधिक सहयोग तथा वडा नं. ११ को आर्थिक सहयोगमा भएको सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा उहाँले चालु आर्थिक बर्षमा विनियोजन भएका ३७ वटा योजना मध्ये ३२ ओटा योजनाको काम सम्पन्न भैसकेको जानकारी दिनुभयो ।
वडाले तयार पारेका योजना पूर्ण रुपमा सम्पन्न हुने बताउँदै वडा अध्यक्ष अर्यालले अब आगामी बर्षका लागि वडाले योजना बनाउने तयारी गरेको बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले शिक्षा, स्वास्थ्य, विकास निर्माण, सुशासनको विषयमा कुराहरु उठाएका थिए । सहभागी सबैको जिज्ञासा मेटाउदै उहाँले सबैको साथ र सहयोगको अपेक्षा राख्नुभयो । सबैको सहकार्य विना विकास सम्भव नभएको भन्दै आफु जनचाहना अनुसार काम गर्न प्रतिवद्ध रहेको जिकिर गर्नुभयो ।
भुगोलको हिसाबले वडा ठूलो भएको कारण विकास निर्माणको लागि प्रयाप्त बजेट अभावले काम गर्न गाह्रो भएको बताउनुभयो । तर पनि सबै ठाउँमा बजेट पुर्याएर काम गर्ने कोशिस भैरहेको उहाले बताउनुभयो ।
वडाको विकास लागि प्रदेश र केन्द्र सरकार संग विभिन्न पहल भैरहेको भन्दै अबका एक दुई बर्षमा देखिने गरी सबैभन्दा ठूला कामहरु हुने बताउनुभयो । मायादेवी मिडिया गु्रपका अध्यक्ष हरि अधिकारीको सहजीकरणमा भएको कार्यक्रममा वडा सदस्य वाजबुल लैन, इमकला खत्री, सावित्रा विक, हथौसा स्वास्थ्य चौकी इन्चार्ज मुमकला भुसाल, हेमराज मावि हथौसाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव प्रसाद नेपाल लगायतले सहभागीले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । कार्यकमको संचालन दिपक अनुरागीले गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७६ सोमबार ००:००  ८ : २६ बजे