डि.वि सुस्लिङ, पाल्पा ।
पाल्पाको तिनाउ गाउपालिका –१ स्थित बौद्धविहारमा आगामि जेठ ४ गते वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । स्थानिय बौद्धविहार टोल विकास समिति र बौद्धविहार विकास समितिको अगुवाईमा २६ सय ३८ औँ बुद्ध जयन्तीको अवसरपारी साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको हो । कार्यक्रमका लागि आवश्यक आर्थिक संकलन, भौतिक पुर्वाधार तयारी तथा प्रचार–प्रसारका लागि उप–समिति गठन गरेको छ । चम्पा थापाको अध्यक्षतामा गठित समितीको उपाध्यक्षमा दुुर्गाबहादुर थापा, सचिव विरबहादुर राना, कोषाध्यक्ष रामबहादुर सुस्लिङ रहेका छन् । ९ सदस्यीय समितिको अन्य सदस्यहरुमा सुरेश गलामी, कर्णबहादुर तरामु, रिमा तरामु र विमा घर्ति रहेकाछन् । तिनाउ गापा १ बौद्धविहार टोल अन्र्तगत पर्ने सिद्धबाबा मन्दिर, बुद्ध मन्दिर तथा रेम्वोपार्कको प्रचारप्रसार गर्दै प्रर्यटन प्रवर्धनमा टेवा पुर्याउनका लागि साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको समितिका सचिव विशाल रानाले जानाकारी दिए । स्थानिय तथा राष्ट्रिय कलाकारको उपस्थिति हुने सो कार्यक्रमले यस क्षेत्रको विकास र प्रर्यटन प्रवद्र्धनमा सहयोग पुुर्याउने तिनाउ १ का वडा सदस्य अम्मर बहादुर तरामुले बताए । कार्यक्रममा राष्ट्रिय कलाकार पुरुषोत्तम भण्डारी, विमल गैरे, सुरज थापा, ज्योती गोर्खाली लगाएतका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । साविकको कचल ८ र ९ झिंगामारा भनेर चिनिने यस ठाउँबाट उत्तरमा अग्ला पहाडी श्रृङखला र दक्षिणको समथर तराई सहित लुम्बिनीको समेत अवलोकन गर्न सकिने यस टोलमा आन्तरिक तथा वाह्य प्रर्यटनको प्रचुर सम्भावना रहेको उनको भनाई छ ।
१६ बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया