९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वडा नं. ७ को अर्को नमुना कामः फूल रोप्नेलाई सम्मान, पञ्चेवाजा हस्तान्तरण



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ ले सोमबार बिभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । वडाले बार्षिक कार्यक्रमको लक्षित वर्ग अन्तर्रगत संस्कृती संरक्षण गर्न भन्दै परियार सेवा समाजलाई नौमती बाजा हस्तान्तरण गरेको छ । गाउँका दलित समुदायलाई जीविकोपार्जनमा टेवा पु¥याउन भन्दै नौमती बाजा हस्तान्तरण गरिएको हो ।
वडा कार्यालयको सभाहलमा सोमबार भएको कार्यक्रममा वडाले सञ्चालन गरेको वातावरण मैत्री प्रर्वधन कार्यक्रम अन्तर्रगत घर अगाडी फूल लगाउने घरपरिवारलाई प्रोत्साहन स्वरुप सम्मान गरेको छ । वडाले तय गरेको १० वटा सूचकमध्ये घर अगाडी फूल लगाउनै पर्ने कार्यक्रम अन्तर्गत उत्कृष्ट हुने परिवारका १५ सदस्य र संस्थालाई सम्मान गरेको हो ।
उनीहरुलार्ई विरुवा सहितको दुई थान गमला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै वडाले बाटोघाटो फराकिलो बनाउने क्रममा क्षती भएका ५४ घरपरिवारका सदस्यलाई पनि क्षतिपुर्ति स्वरुप सम्मान गरेको छ ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका शिक्षा शाखा अधिकृत खिम बहादुर जिसी, वडाध्यक्ष बिष्णु गिरी, बिभिन्न टोल समितिका अध्यक्ष लगायतलाई सम्मान गर्नुभएको थियो ।
यस्तै मोतिपुरको परियार समाजलाई वडाले पञ्चेबाजा वितरण गरेको छ । वडामा रहेको पञ्चेबाजा समुहलाई जीविकोपार्जनमा टेवा पुर्याउने भन्दै परियार समाजलाई पञ्चेबाजा वितरण गरेको वडाध्यक्ष गिरीले बताउनु भयो ।
यसैगरी सोमबार नै वडाले सडक विस्तार गर्दा क्षतिपुर्ति ब्यहोरेका घरपरिवारलाई पनि सोमबार सम्मान गरेको छ । नगरपालिकाको मापदण्ड अनुसार सडक निर्माण गर्दा घरको पर्खाल, घर, आँगन, कोठा लगायतमा क्षति पुगेको थियो । ती सबैलाई सुन्दर वडा बनाउने अभियानमा टेवा पुर्याएको भन्दै दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
यस्तै जिल्लामै शिक्षामा महत्वपूर्ण योगदान दिने पारिजात मावि र नवदुर्गा भवानी आधारभुत विद्यालय मोतिपुरलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष गिरीले आफ्नो कार्यकालमा वडा नगरकै गरिमा बोक्ने वडा हुने भन्दै आफूले बिभिन्न योजना बनाएको बताउनुभयो । गत बर्ष जस्तै यस बर्ष पनि वडा नम्बर ७ ले तोकिएका योजना लगभग गरिसकेको भन्दै अब विकास निर्माणका सबै योजनाहरु पनि दुई हप्तामै पुरा गर्ने बताउनु भयो ।
प्रमुख अतिथि जिसीले वडा नम्बर ७ नगरकै नमुना वडा भएको बताउनुभयो । कसैले नगरेका नयाँ नयाँ कामहरु गरेर नगरलाई नमुना बनाउने वडाध्यक्ष गिरीको प्रयास नमुना भएको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
यस्तै पारिजात स्कुल बनगाइका प्राचार्य कृष्ण केसीले पनि ७ नम्बर वडाको नागरिक हुन पाउँदा गर्वको अनुभुति भएको बताउनुभयो । कुरा मात्र नगरी काम गर्ने वडाध्यक्ष गिरीको हरेक प्रयासलाई आफूले सहयोग गर्ने उहाँको भनाई छ । कार्यक्रममा पञ्चेबाजा ग्रहण गर्दै परियार समुहले बाजागाजा बजाएर सबैलाई नचाएका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०७६ सोमबार ००:००  ८ : १८ बजे